Breaking News

गण्डकी प्रदेशमा एमालेले ४ जना मन्त्रीको नाम टुंग्यायो आजै शपथ ग्रहण

१७ भदौ, पोखरा । केन्द्रमा नयाँ समीकरण अनुसार काँग्रेस–एमालेको सरकार बनेपछि प्रदेशमा समेत सत्ता समिकरण बदेलिएपछि गण्डकी प्रदेशमा एमाले काँग्रेसको नयाँ समिकरण बनेको करिब एक महिनापछि एमालेले आफ्नो दलको तर्फबाट ४ जना मन्त्रीको नाम टुंग्याएको छ । एमालेले चयन गरेका ४ जना मन्त्रीमा बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, नवलपुरकी पद्मा जिसीको रहेका छन् । चारै जनाको आजै शपथ ग्रहणको रहेको छ ।

चार जना मध्ये पाठक र केसी खगराज अधिकारी निकट तथा बस्याल र जिसी पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् । गुट र भूगोलसमेत मिलाएर दलका नेता अधिकारीले आज बिहानमात्रै नाम टुंगो लगाएको बुझिएको छ ।