Breaking News

एकीकृत समाजवादीले निर्वाचनबाट पदाधिकारी र पोलिट्ब्युरो चयन

एकीकृत समाजवादीको हालै सकिएको पदाधिकारी र पोलिटब्यूरो सदस्यहरुको निर्वाचनबाट १०५ सदस्यीय पोलिट्ब्युरो सदस्य निर्वाचित गरेको छ। निर्वाचनबाट पदाधिकारीबाहेक ८४ जना पोलिट्ब्युरो चुनिएका हुन्। पदाधिकारी स्वतः पोलिट्ब्युरो हुनेछन्।

सकिएको मत परिणामअनुसार पोलिट्ब्युरोमा पदाधिकारीमा हारेका विरोध खतिवडाले सबैभन्दा बढी मत ल्याएका छन्।

उनले २०१ मत प्राप्त गरे। त्यस्तै जीवनराम श्रेष्ठले १९५ मत ल्याएर पोलिटब्युरो सदस्य निर्वाचित भए। रमा आलेमगरले १९४, रामकुमारी झाक्रीले १८२, रामचन्द्र झाले १८०, कल्याणी खड्काले १८०, विजय पौडेलले १७९, केशवलाल श्रेष्ठले १७९, रामकुमार ज्ञावलीले १७७, भवानी खापुङले १७६ मत ल्याएका छन्।

नयाँ केन्द्रीय सदस्यबाट सुदेश पराजुलीले सबैभन्दा बढी मत अर्थात् १५३ मत ल्याएर पोलिट्ब्युरो सदस्य निर्वाचित भए।

एकीकृत समाजवादीले पदाधिकारी पनि निर्वाचन मार्फत् नै टुंगो लगाएको छ।