Breaking News

सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार

११ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढ्ने क्रम जारी नै रहेको छ । हालसम्म नेपालमा सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । तर केही दिन अघि उच्च मुल्य १ लाख ५३ हजार रुपैयाँमा कारोबार समेत भएको थियो ।

त्यस्तै चाँदीको भने आज तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८४० रुपैयाँ रहेको चाँदी आज १८५० रुपैयाँ कायम भएको सुनचाँदी महासंघले जनाएको छ ।