Breaking News

भ्रष्टाचार र वेथितिविरुद्ध नेकपा (बहुमत) ले संघर्षका कार्यक्रम घोषणा

काठमाडौँ । नेकपा (बहुमत) ले आज पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार र वेथितिविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको
छ । पार्टीले असोज ३ गतेसम्मको संघर्षका कार्यक्रम घोषणा गरिएको हो ।

पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले सरकारले अहिलेसम्मका भ्रष्टाचारीलाई चोख्याउने र नीतिगतरुपमै भ्रष्टाचार गर्ने वातावरण बनाउन कानुनमा पाँच बर्षे हदम्यादको प्रस्ताव गरेको बताए । पाँच बर्षे हदम्यादको प्रावधान भ्रष्टाचारलाई संस्थागत गर्ने सामान्य प्रयन्त मात्र नभएर देशकै अस्तित्वमाथि आघात पुर्याउने षड्यन्त्र भएको बताउँदै बास्तोलाले सो प्रस्ताव खारेज गर्न माग समेत गरे ।  महासचिव बास्तोलाले उच्च तहमा पुगेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचार ठहरिएको सम्पत्ति राष्ट्रिय करण गर्नुपर्ने बताए । त्यस्तै, निजि बैंकहरु खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने समेत बताएका थिए।

आन्दोलनका मागहरुः
– भ्रष्टाचार सम्बन्धी पाँच बर्षे हदम्याद राख्ने निर्माणधिन कानुन खारेज गर्नुपर्ने ।
– मन्त्रिपरिषदले नीतिगत निर्णय गरी गरिएका भ्रष्टाारमा अख्तियार नलाग्ने प्रावधान खारेज गरिनुपर्ने ।
– सबै खाले बैंक तथा वित्तिय लुटपाटजन्य भ्रष्टाचार बन्द गर्नुपर्ने
– सावा बराबरभन्द बढी ब्याज असुल्न नपाउने सर्वोच्च अदालतको फैसला सबै क्षेत्रमा लागू गर्नुपर्ने ।
– नेपाली बैंक (राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड) का शाखाहरु गाउँगाउँसम्म स्थापना
गर्नुपर्ने ।
– सम्पूर्ण व्यवसायीक बैंकहरु  खारेज गर्नुपर्ने ।
– बैंकले ऋणीको धितो लिलाम गर्दा सावा बराबरको ब्जाजभन्दा बढीको धन प्रचलित मूल्यमा फिर्ता र्ने व्यवस्था गर्नुपर्नेलगायत ।

संघर्षका कार्यक्रहरुः

भदौ,

– १४ गते सबै जिल्लाहरुमा कोणसभा ।

– १५ गते प्रदेश राजधानीमा भ्रष्टाचार काण्डबार कोषणसभा ।
– १६ देखि १९ गतेसम्म सबै जिल्लाहरुले सबै क्षेत्रका भ्रष्टाचारका घटनाहरु सार्वजनिक गर्ने ।
– २० गते सबै जिल्लामा भ्रष्टाचार र वित्तिय शोषणविरुद्ध मशाल जुलुस ।
– २५ गते सबै जिल्लामा भ्रष्टाचारविरुद्ध जनसंघर्ष समिति घोषणा गरी संयोजकको नाममा विज्ञप्ति जारी गर्ने ।
– २६ देखि ३१ गतेसम्म महानगर, उपमहानगर, नगरपालिका÷गाउँपालिकाहरुमा बेरुजुको विवरण सार्वजनिक गर्न दबाब सिर्जना गर्ने ।
असोज ३ गते काठमाडौँमा महासचिवको उपस्थितिमा जनप्रदर्शन गर्ने ।