नेपालीहरुको महान् चाड हो, दशैं । वर्षोभरि मिठो नखाएका र नयाँ लुगा नलगाएकाहरुले दशैंमा एक छाक भएपनि मिठो खान्छन् र नयाँ कपडा लगाउँछन् । करिब चार वर्षअघि विजय दशमी आउनु महिनौं दिनअघि नै बजारमा चहलपहल बढ्थ्यो । भीडले थामिनसक्नु हुन्थ्यो बजार । यो वर्षको दशैं आउन डेढ महिना पनि बाँकी छैन ।
दशैं मुखमै आइसकेको छ तर बजार सुनसान छ । अहिले नै काठमाडौं उपत्यकामा कोठा, सटर, फ्ल्याट थुप्रै खाली भएका छन् । तर, दशैंपछि झन् घरहरु खाली हुने बताइन्छ । मुलुकको जनसंख्या झण्डै तीन करोड छ । त्यसमध्ये करोडौं जनता शिक्षा र रोजगारीका निम्ति विदेशिएका छन् । मुलुकभर ७७ वटा जिल्ला छन् ।
दशकअघि माओवादी जनयुद्ध, गरिबी, बेरोजगारीलगायतका कारण मानिसहरुले गाउँ छोडे । शिक्षा, स्वास्थ्य र अवसरको खोजीमा कोही शहर पसे त कोही जिल्लाको सदरमुकाम । तर, अहिले जनयुद्धको समाप्तीसँगै गाउँमा बत्ती, पानी, सडक, शिक्षा, स्वास्थ्यको पहुँच पुगेपछि अधिकांश आफ्नो गाउँ फर्किएका छन् । त्यस्तै, धेरै नेपालीहरु रोजगारीका लागि खाडी मुलुकलगायत विभिन्न देशमा छन् ।
२०४० सालसम्म काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन थुप्रै थियो । त्यतिबेला घर नै देखिन्थ्यो । कहीकतै घर भएपनि कच्ची माटोको हुन्थ्यो । खेतबारी नै खेतीबारी थियो उपत्यकामा । सो समयमा नेपालले अन्य मुलुकमा खाद्यान्न निर्यात
गथ्र्यो । विश्वमै खाद्यान्न निर्यात गर्ने मुलुकमा चिनिन्थ्यो, हाम्रो देश । कतिपय अवस्थामा त अनुदान समेत खाद्यान्न दिइन्थ्यो ।
०४२ सालदेखि भूमाफिया, जग्गा दलालीहरुले खेतीयोग्य जमिन वा खेतबारी प्लाटिङ गर्न थाले । एक रोपनी जग्गामा १६ आना हुन्छ । गरिब, निमुखा किसानसँग रोपनीको दश÷बीस हजारमा जग्गा किने । अनि त्यो जग्गामा डोजर चलाएर खण्डीकरण गरी दलालीहरुले आनाकै लाखौं रुपैयाँमा बेचे । यतिले मात्र नपुगेर सरकारी, सार्वजनिक जग्गा समेत छोडेनन् ।
कानून व्यवसायी र सरकारी कर्मचारीलाई आफ्नो हातमा लिएर भूमाफिया, दलालीहरुले सरकारी, सार्वजनिक जग्गा समेत आफ्नो नाममा दर्ता गराए । नेपालको धेरै भूभाग चीन र भारतले कब्जा गरिसक्यो । नौं दशकअघि मुलुकको जनसंख्या करोड पनि नरहेको बताइन्छ । त्यतिखेर देशके भूभाग धेरै थियो त जनसंख्या कम । तर, अहिले जनसंख्या दिनानु बढ्दो छ भने छिमेकी भनिने देशहरुले नै हाम्रो भूभाग कब्जा गरिरहेका छन् ।
भारत र चीनले कब्जा गरेर बाँकी रहेको आधा जमिन वनजंगल छन् । अनि आधामा घर र बाटो बनाइएको छ । अहिले देशभर नै खेतीयोग्य जमिन घट्दै गएको छ । यसले मुलुकमा भोकमारीको समेत समस्या निम्तिने देखिएको छ । उत्पादन गर्ने जमिन छैन अनि घर र बाटो त खान मिल्दैन नि । विदेशीले खाद्यान्न नपठाए हामी नेपाली भोकभोकै मर्नुपर्ने अवस्था
छ ।
यता, खाद्यान्न पठाएपनि चर्को मूल्यका कारण गरिबहरु भोकै मर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । अहिले व्यक्ति होस् या बैंक, वित्तिय संस्थाको लगानी घरजग्गामै छ । घर भाडामा लगाएर बसीबसी खान पाइन्छ भनेर मानिसहरुले आफुसँग भएको रकम र बैंक, वित्तिय संस्थाबाट समेत ऋण लिएर घर बनाए । तर, अहिले भाडामा बस्ने कोही नहुँदा उनीहरुको कन्तबिजोग भएको छ ।
घर भाडामा जाँदैन । बैंकको ब्याज बढ्दै गएको छ भने तिर्न पैसा छैन । घरधनीहरुको सोच थियो कि महँगोमा भाडामा लगाएर ठग्छौं । तर, कहाँ सधैं ठगिरहन मात्र पाइन्छ र । हिजो डेराबहालसँग प्रयोग नै नगरेको बत्ती, पानीको पनि पैसा असुले । इन्टरनेट, फोहोरको दोब्बर शुल्क लिए । अनि अहिले घरमा बस्ने कोही नभएपछि साबाब्याज तिर्न नसक्दा बैंकले दिनरात फोन गरेर दिनु पेन्सन दिएको छ ।
केही वर्षयता घरजग्गा कारोबारमा मन्दी छ । घर किन्ने कोही छैन भने बेच्ने सयौं । कोही किन्ने मान्छे भेटिहाले पनि आधाभन्दा कम मूल्यमा मात्र खरिद गर्न तयार हुन्छन् । अहिले घरधनीहरुलाई धेरै तनाव छ । एकातिर घर खाली छ, अर्कोतिर बैंकको ऋण बढ्दो । उनीहरुलाइे घरखर्च चलाउन समेत समस्या भइरहेको छ । ०७२ वैशाख १२ गते महाभूकम्प गयो । भूकम्पले ठुलो जनधनको क्षति गर्यो ।
विशेषगरी अग्ला र ठुला घर भूकम्पले भत्काएका थिए । त्यसपछि मानिसहरुले भन्न थाले, अब ठुला, अग्ला घर बनाउनुहुन्न र त्यसमा बस्नु पनि हुँदैन । नेपालमा पहिलो पटक ०७६ सालमा कोरोना महामारी भित्रियो । कोरोना भित्रिएसँगै ०७६ चैत ११ गते मुलुकभर लकडाउन गयो । केही महिनापश्चात् लकडाउन खोलिएपनि पुनः कोरोना फैलिएपछि ०७८ वैशाख १६ गते फेरि लकडाउन गरियो ।
कोरोनाको समयमा हात मिलाउनुहुन्न र सामाजिक दुरी कायम गर्नुपर्छ भनियो । सर्वसाधारण समेत कहीकतै जानुपरेमा मास्क अनिवार्य लगाउँन्थे । गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विमान दुर्घटना भयो । उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाए । दुर्घटनासँगै एयरपोर्ट वरपर बस्ती बसाल्न नहुने वा एयरपोर्ट नै अन्त सार्नुपर्ने आवाज पनि उठ्यो । अहिले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको डिपो थानकोटमा छ । त्यहाँका बासिन्दाहरु डिपोमा आगलागी भएमा बस्ती नै सखाप हुने बताउँछन् । यही चिन्ताले उनीहरु रातभर समेत निदाउँदैनन् ।
यता, पेट्रोल पम्प, ग्याँस डिपो, वर्कशप, पार्टी प्यालेन्स वा नदी किनार वरपर घर भएकाहरु पनि अहिले त्रसित छन् । कुन बेला कुन दुर्घटना हुन्छ भनेर उनीहरु दिनरात नै चिन्तित हुन्छन् । यस्ता जोखिमपूर्ण क्षेत्र वरपरका घर किन्नुहुन्न र भाडामा पनि बस्नुहुन्न भनेर बजारमा बहस चलिसकेको छ । हिजो दलालीहरुले आफ्नो स्वार्थका लागि यस्तो ठाउँका जग्गा बेचे ।
मानिसहरुले घर बनाए । तर, अहिले दुर्घटना हुन थालेसँगै घरधनी र सर्वसाधारणकै आँखा खुलेको छ । अब उपत्यकाभित्र वा जिल्लाको सदरमुकाममा घरजग्गा किन्नुहुन्न भनेर पनि भन्न थालिसकिएको छ । किनकि जहाँ विकास भएको छ, त्यहाँ दलालीले आँखा लगाएर जोखिम निम्त्याएका छन् । अर्कोतिर यहाँको चर्को भाडा र महँगीका कारण पनि सर्वसाधारण पलायन भइरहेका छन् ।
कोही गाउँ फर्किएका छन् भने कोही विदेश पुगेका छन् । सरकारी तथ्यांकले नै वार्षिक २२ लाखबढी नेपाली युवा रोजगारीका लागि खाडीलगायत विभिन्न मुलुक जाने गरेको देखाउँछ । उता, उच्च शिक्षाका नाममा पनि लाखौं नेपाली विद्यार्थीहरु खबौं रकम लिएर अमेरिका, अस्ट्रेलियालगायत विकसित मुलुक पलायन भइरहेका छन् ।
प्रधानमन्त्री केपीशर्मा ओलीलाई कसरी नेपालीलाई विदेश पठाउने भन्नेमा मात्र चासो छ । अझ सर्वसाधारणलाई अल्मलाउन टिकटक पनि खोलिदिए । आफ्नो विरोध नगरोस् भनेर र कुसी जोगिरहोस् भनेर उनले टिकटक खोलेका
छन । किनकि योसँगै बच्चादेखि बुढासम्मै टिकटकमा नै रमाउँछन् नि त । अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सेयर र गाडीमार्फत कसरी सर्वसाधारणलाई फसाउने र डुबाउने भनेर मात्र चासो छ ।
अहिले प्रधानमन्त्री ओली भन्छन्, ‘हामी सरकारमा आएसँगै अर्थतन्त्रमा धेरै सुधार आएको छ ।’ अर्थतन्त्र सुधारको बाटोमा रहेको भए किन विदेशीसँग २७ खर्ब ऋण लिएको ? फेरि कुन दिन हामीले विदेशीसँग ऋण नै लिएका छैनौं भनेर पनि भन्न बेर ल्याउँदैनन्, प्रधानमन्त्री ओली । प्रधानमन्त्री र अर्थमन्त्रीलाई बजारको अवस्थाबारे थाहा छैन । उनीहरुलाई सरकारी, सार्वजनिक सम्पत्तिको दुरुपयोग कसरी गर्ने र विदेशीसँग ऋण लिएर खान पाइन्छ कि पाइँदैन ? भन्ने मात्र चिन्ता छ । नेपालमा थुप्रै राम्रा व्यक्तित्वहरु परराष्ट्रमन्त्री भए । उनीहरु भारत भ्रमणमा जाँदा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न समय दिएनन् ।
तर, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर तस्करी गरेको आरोप लागेकी परराष्ट्रमन्त्री डा. आरजुराणा देउवालाई भने मोदीले भेटे । आरजु जनताबाट चुनिएर आएकी पनि होइनन् । जनताबाट चुनिएर आएकाहरु परराष्ट्रमन्त्री हुँदा भारत भ्रमणका क्रममा मोदीले भेटेनन् । अनि जनताबाट पनि नचुनिएकी र मानव तस्करीको समेत आरोप लागेकी आरजुलाई मोदीले भेटे । अब यसलाई के कसरी जनताले बुझ्ने ?