कोरेर चित्र स्मृति पथमा,
छरेर चारैतिर दिब्यताको मुहान,
अटल छाप छ,
हृदयको कुनामा ।।
अमृत थोपा बहन्छन,
धराको प्रत्येक थलमा,
अलौकिक जल धाराले भरेर कोख,
स्वर्णिम छन् ,हरेक कुन्ड र मुहान ।।
परीश्रम गरे अनाज फल्छ,
बिज रोपे वृक्ष भैदिन्छ !!
पसिनाको हरेक थोपालाई अंगाली,
सुगन्धित हुन्छ माटो कणकण नियाली ।।
प्राणी जगतलाई कोखमा अटाई,
स्नेहको भावले प्राण वायु दिलाई,
प्रकृती फुल्छिन यहि माटोमा,
जगत बाँच्छ यहि जिवनको बाटोमा ।।
अविरल बग्ने हिमनदी कस्तो,
सुन्दराको दिब्य दृस्टी जस्तो,
अनौठो झरना , सुन्दरताको लहर,
धराको अनन्त प्रेमिल शहर ।।
छाती भित्र लुकाइ अग्नि कुन्डलाई,
दिनेछिन अनगिन्ति बहुमुल्य धातु,
शरीर भित्र अटाई, अमृत जलधारा,
सृष्टि सिंगार्छिन मेटेर पाउ ।।
सौर्य किरणले धर्ति सिंगारी,
वर्सातको थोपाले मैला पखाली,
अदृश्य रुपमा रहेर पनि,
गरेको हुन्छिन प्राणी जगतको पहरेदारी ।।
पाप र पुण्यको सच्चा न्याय कर्ता,
प्रकृति नै हुन सबैको जीवन दाता,
लुप्त विवेक र ज्ञानको चक्षुले मात्र,
देख्न सकिन्छ अमुल्य माटोको
सुगन्ध बिचित्र ।।
दोलखा ।।