बाँकेको ठुरिया जंगलमा भयानक बस दुर्घटना १२ को मृत्यु, ३ को अवस्था चिन्तानक १७ जना घाइते

१९ जेठ, बाँके । गएराति भारतबाट नेपाल फर्किएकाहरुलाई नेपालगंजबाट सल्यान जाने क्रममा बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा रोकि राखेको ट्रकमा गुडिरहेको फोर्स गाडी ठोकिन पुग्दा ठूलो दुर्घटना भई १२ मृत्यु र २० जना घाइते भएका
छन् ।

लकडाउन कारसण भारतमा रोकिएकाहरुलाई भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी गएराति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परेपछि ११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा गाडी तीव्र गतिमा भएकाले अनियन्त्रित भई ट्रकमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

दुर्घटनाका मृतक र घाइते सबैलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाले अन्यत्र रिफर गर्ने तयारी भइरहेको इन्सपेक्टर सापकोटाले जानकारी दिए ।

मृतक ११ पुरुष र एक महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन । सुरुमा सल्यानका मानिसहरु गाडीमा रहेको भनिए पनि पछि सो गाडीमा दाङ र रोल्पाका मानिसहरु पनि पाइएको इन्सपेक्टर सापकोटाले बताए । उनले भने, ‘सनाखत गर्ने क्रम चलिरहेको छ ।