Breaking News

सिन्धुलीमा गाडी दुर्घटना तीन जनाको मृत्यु दुई जनाको अवस्था गम्भीर

आज बिहान सिन्धुलीमा गाडी दुर्घटना भएको छ । दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

कमलामाई नगरपालिका वडा नम्बर ४ चियाबारीस्थित सडकमा बोलेरो गाडी अनियन्त्रित भएर पल्टिएको थियो।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मृतक गोलन्जर नगरपालिकाका पृथ्वी भुजेल, उदय मगर र पवन मंसाग्री छन्।

यस घटनामा ११ जना घाइते छन्। घाइतेमध्ये चार जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ । भने दुई जनाको अवस्था गम्भीर छ।