Breaking News

काभा नेसन्स लिगको उपाधि भारतलाई

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको उपाधि भारतले जितेको छ ।

प्रतिस्पर्धात्मक फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन भारतले नेपाललाई ३–२ सेटले पराजित गर्दै लगातार उपाधि उचालेको हो ।

सन् २०१९ मा पनि नेपाल उपाधिको नजिक पुगेर चुकेको थियो ।

लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल फाइनलमा भने अन्तिम सेटमा निराश बन्न पुग्यो।

नेपालले पहिलो सेटमा भारतलाई २५–२३ मा पराजित गरेको थियो। दोस्रो सेटमा भने भारतले सानदर पुनरागमन गर्दै नेपालमाथि २५–१४ को जित निकालेको थियो ।

तेस्रो सेटमा नेपालले स्वभाविक लयमा फर्किंदै भारतलाई २५–२२ ले पराजित गरेको

थियो । तर, चौथो सेटमा आफ्नो जितको लय गुमाउँदै २१–१८ ले सेट भारतलाई सुम्पन बाध्य भयो ।

त्यसपछि अन्तिम सेटमा भारत पूरै हावी हुन पुग्यो । सुरुदेखि नै अग्रता लिएको भारतले अन्तिमसम्म नै नेपाललाई पुनरागमनको मौका दिएन र सेट १५–५ ले जित्यो र उपाधि जित्न सफल भयो ।