Breaking News

नुवाकोटको शिवपुरी सूर्यचौरमा हेलिकप्टर दुर्घटना

२३ साउन, काठमाडौं । नुवाकोटको शिवपुरी सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ ।

पाइलट चाहिँ नेपाली नागरिक हुन । ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन अरुण मल्ल रहेका छन् ।

रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकप्टर दिउँसो दुर्घटनामा परेको थियो । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो ।

चार जना चाइनिज र हेलिकप्टर उडाउने क्यापटेन नेपाली