पेन्टागन । संयुक्त राज्य अमेरिकाले इरानबाट इजरायलमाथि हुनसक्ने सम्भावित आक्रमणबाट बचाउन तथा मद्दत गर्न मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गर्ने भएको छ ।
बुधवार तेहरानमा हमास नेता मारिएका थिए । इरान र गाजाले हत्यामा इजरायललाई दोष लगाएपनि इजरायलले नै भने केही टिप्पणी गरेको छैन।
पेन्टागनको एक विज्ञप्तिमा भनिएको छ कि नयाँ तैनाथीले अमेरिकी सेनाको सुरक्षामा सुधार ल्याउनेछ भने इजरायलको रक्षाका लागि समर्थन बढाउनेछ । विभिन्न आकस्मिक परिस्थितिहरूमा प्रतिक्रिया दिन अमेरिका तयार छ भन्ने कुरा सुनिश्चित गर्ने पनि पेन्टागनको भनाइ छ ।
तैनातीमा थप ब्यालिस्टिक मिसाइल रक्षा–सक्षम क्रूजर र विनाशकहरू समावेश हुने बनाइएको छ ।