Breaking News

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

काठमाडौं । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ । उनको सिरहास्थित आफ्नै घरमा आज बिहान निधन भएको उनका पारिवारिक श्रोतले जनाएको छ ।

शास्त्रीय संगीत क्षेत्रमा श्रद्धाका साथ लिइने नाम हुन् गुरुदेव कामत । गत चैतमा उनको दुवै मिर्गौलामा समस्या देखिएको थियो । उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए ।

गुरुदेव कामतले कैयौँ संगीतकर्मीलाई संगीत शिक्षा दिएका छन् । नेपालका अधिकांश गायक/गायका उनीसँग संगीत सिकेका छन् । उनको आजै अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।