Breaking News

जुवा खेलिरहेको अवस्थामा दश लाख ११ हजारसहित नौजनालाई पक्राउ

काठमाडौँ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा रु दश लाख ११ हजारसहित नौजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ महानगरपालिका-६ जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भई हाल काठमाडौँको टोखा नगरपालिका-५ बस्ने ३८ वर्षीय नारायण लाबुङ, बूढानीलकण्ठ नगरपालिका-५ देउला टोल बस्ने २१ वर्षीय कवीर देउला रहेका जनाइएको छ ।

यस्तै, काठमाडौँ-१९ वसन्तपुर बस्ने २१ वर्षीय निलेश महर्जन, सोही ठाउँका ४५ वर्षीय राजेश श्रष्ठ, बूढानीलकण्ठ-५ देउला बस्ने ३३ वर्षीया सरिता देउला, काठमाडौँ-१५ डल्लु बस्ने ४८ वर्षीय दीपक महर्जन, काठमाडौँ-१३ कालीमाटी बस्ने ४८ वर्षीय विवेक महर्जन तथा काठमाडौँ-१५ डल्लु बस्ने ५२ वर्षीय प्रकाश शाही पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘सोमबार राति काठमाडौँ–४ चुनदेवीमा रहेको यमकुमारी आलेको साढे तीनतले घरको छतमा हारजित हुने गरी जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।’