Breaking News

आर्थिक प्रलोभनमा  सेटिङ्ग गरी तस्करी गर्ने गराउने काम मसंग हुदैन

जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन । सोही सेरोफेरोमा  प्रेमचन्द्र झाले गरेको अन्तरवार्ता प्रस्तुत छ ।

राैतहट बसाई कस्तो रहेको छ ? 

राैतहट आएको सय दिन मात्र पुगेको छ ।यश अबधिमा हामीले के के गरयाै भर्खरै सार्वजनिक गरेका छाै ।अपराध अनुसन्धान लगायतका जति पनि गतिविधि  छ  सार्वजनिक गरिएका छन । नेपालमा सब भन्दा मुस्लिम बसाेबासकाे हिसाबले , शिक्षा स्वास्थ्य राेजगारकाे हिसाबले  चुनाैति छ । जिल्लाका कुनकुन कुरामा काम गर्नु परेको छ । त्यसमा काम गरे पछि रिज्लट पनि देखिएका छन ।स्वच्छ निश्पक्ष दवाव रहित सेवा मलाई लाग्छ नागरिक स्तर सम्म पुगेको लाग्छ । आएका चुनाैतिलाई सहर्ष स्विकार्दै   चुनाैतिको सामना गरेर आगाडी बढेको छु ।
राैतहटको बारेमा जतिको बाहिर प्रचार भएको छ यथार्थमा सकारात्मक नाकारात्मक के पाउनु भयो ?

तराईको जिल्लामा मैले केही समय धनुषा र बारामा बसेर काम गर्ने अवसर पाएको छु । राैतहटको बारेमा जुन किसिमको बाहिर बुझाई छ । जिल्लामा आई सके पछि त्यतो लाग्दैन ।  त, केही चुनाैति पकै पनि छन । राैतहटमा केही मिडियाकर्मि साथीहरूले समाचार सम्प्रेषण गर्ने अवस्थामा सत्य तथ्य नबुझी भएको भन्दा फरक किसिमले समाचार सम्प्रेषण गर्दा समस्या हुने गर्दछ । जस्तो उदाहरणको लागि कसैको श्रीमान  श्रीमतिको  झगडा भयो भने शान्ति सुरक्षा संग जोडेर समाचार सम्प्रेषण गरिन्छ ।

शान्ति सुरक्षा के हो  भने विना कुनै कारण व्यक्तिको हत्या हुन्छ त्यसलाई शान्ति सुरक्षा संग जोडन सकिन्छ । राैतहटमा भएका राम्रा कुरा मिडियामा आउदैन । नेगेटिभ कुरा बढि प्रचार प्रसार हुने गरेका कारण बाहिरबाट थ्रेटभएको , सुरक्षा चुनाैति भएको जिल्लाको रुपमा देखिन्छ । मैले यहाँ आएर करिब सय दिनकोअवधिमा के महसुस गरे कि बाहिर बाट बुझेकाे जस्ताे राैतहट छैन । भित्रबाट एकदम समान्य छ ।अहिलेका केहि घटना  क्रमलाई हेर्ने हाे भने ठुल्ला किसिमका प्रहरीले सुरक्षा चुनाैति हुने खालका घटना  घटेको छैन ।ठुलो चुनाैति तथा नाकारात्मक रुपले सोचनु पर्ने अवस्था अहिले सम्म आएको  छैन ।
पुलिस हेड क्वाटरमा अतिरिक्त कमाई हुने ठाउको रुपमा राैतहटलाई लिने गरेको सुनिन्छ  तपाईंलाई हेड क्वाटरले कुन रुपमा व्यवहार गरि रहेका छन ? 

आर्थिक प्रलोभनमा परेर काम गर्ने नियत भएका मानिसलाई पैसा कमाउन तराईमा आउनु पर्दैन । जहा पनि  पैसा कमाउन सक्छन ।तराईको जिल्लामा भारतसंग सिमाना जोडिएको भन्सार छलि चोरी हुने ठाउ भएको हुनाले यहाँ आउनेको नियत खराब हुन सक्छन  । त्यस हिसाबले बुझन सकिन्छ । यसमा मेरो पहिलो प्राथमिकता के थियो भने आर्थिक प्रलोभनमा नपर्ने  । म आएको सय दिन भएको छ । यश अवधिमा कुनै पनि रुपले आर्थिक प्रलोभनमा परेको छैन ।तस्करी ,मुद्दा मामिला वा गिट्टी वालुवा होस  । कुनै पनि काम आर्थिक प्रलोभनमा परेर गरेको छैन । फल स्वरुप त्यसको  रिजल्ट पनि दिन थालि सकेका छन ।

हाम्रो मुख्य दायित्व नै त्यस्ता गतिविधि न्युनिकरण गर्नु हो ।सतप्रतिसत राेक्न त गाह्राे होला । तर  कार्यालय प्रमुखले चाहे भने त्यसलाई कति हद सम्म नियुनिकरण गर्न सक्छन । ती कुरालाई राेकनका लागि हामिले भन्सार चाेरी तस्करीका समान समातेको परिणाम तथा भन्सारको राज्शव वृद्धिबाट सजिलै अनुमान लगाउन सकिन्छ ।

सय दिने रिपोर्टमा सफल अनुसन्धानका  घटनालाई बढि हाईलाईट गर्न खाेजिएको छ । सफल अनुसन्धान भनेर के बुझने? यसमा उल्लेख भए जति सफल बाकीको हकमा के बुझ्ने ?

 

जघन्य प्रकृतिका कर्तव्य ज्यानका धटनाहरुलाई बढी महत्त्व दिईएको छ । अरु घटना भाेलिका दिनमा करेक्सन हुन सक्छन । तर ज्यान गई सके पछि करेकसन हुने वा क्षतिपूर्ति पाउने सम्भावना रहदैन । त्यस हिसावले कर्तव्य ज्यानको घटनालाई सिरियस रुपमा लिने गरिन्छ ।  यश आर्थिक वर्षमा भएका त्यस प्रकृतिका सवै घटना अभियुक्तलाई पक्राउ गर्न सफल भएका छाेे ।धटनाकाे बारेमा सबै कुरा बाहिर आई सकेका छन । संलग्न व्यक्ति पक्राउ परि सकेका लाई सफल अनुसन्धान भन्छाै ।
न्याय सम्पादनको हिसाबले निर्दोषलाई नफसाउ भन्छन तर हाम्रो यहाँ जाहेरी र पिडितको कथित वयानको आधारमा दर्जनाै निर्दोष व्यक्ति उपर मुद्दा दर्ता गरेर फसाएको छु जस्तो महसुस हुदैन ?

 मैले महसुस गरेको र तपाईं ले बझेको कुरा एकदम सहि हो । यश प्रश्नका लागि धन्यवाद । तराईमा कुनै पनि घटना हुदा अधिकांश केशहरुमा रिस उठेका सबै व्यक्तिको नाम जाहेरीमा राख दिने चलन समान्य भएको छ   ।  उदाहरणका लागि कुनै विवाहित महिलाले आत्म हत्या गरे भने त्यसमा उसको श्री मानको साथ साथै सासू ससुरा , देवर,देवरानी  जेठाजु,जेठानी नन्द लगायत घर भरी सबैको नाममा मुद्वा हाल्ने प्रचलन छ ।

 त्यसमा मेरो पहिलो प्रयास के हुन्छ ।  तपाईले बुझे जस्तै   मेरो ध्ये के हन्छ कि सयाै अपराधी प्रमाण अभावमा छुटाेस तर एउटा पनि निर्दोष मानिस न फसोस । जाहेरीको भरमा निर्दोष व्यक्तिलाई फसाउने काम नहोस । तर यहाँ चेतना कम भएका समुदायहरु पनि छन । यहाँ सासद भएको नगर प्रमुख भएको व्यक्ति को दवाव मुद्दा चलाउनैका लागि आउने गर्द छन । कन्भिन्स गर्दा पनि हुदैन त्यसपछि प्रहरीको दायित्व के हुन्छ कि जाहेरी परि सके पछि जे जसको नाममा आएको
छ । जाहेरी दर्ता गर्ने र प्रहरीले प्रारम्भिक अनुसन्धानमा जे देखेकाे छ। काे संलग्न छ छैन त्यसै अनुसार प्रकृया वढाउने गरिएको छ। आदालतले जसको नाममा पक्राउ पुर्जी जारी गर्दछ त्यसलाई हामीले पक्राउ गरेर मुद्दा अगाडि वढाउने गरिन्छ ।
कुनै पनि निर्दाेष व्यक्ति विना कुनै कसुर एक घन्टा पनि प्रहरीको थुनामा न परोस भनि हिसाबले हामी काम गरि रहेका
छाै ।
महिला तथा वाल वालिकाको क्षेत्रमा बढी काम भएको रिपोट छ तर जिल्ला प्रहरी राैतहटमा भिडभाड अचेत आएको बढी उजरी वहाहरु केै बढी छ । यसलाई यहाले कुन रुपमा लिनु भएको छ ? यहाँ दर्ता भएका अन्य मुद्वामा निराकरणमा त्यति प्रगति किन भएन? 
 महिला बाल वालिका अत्यन्तै सम्वेदनशिल हुन्छन । महिला र बाल वालिकालाई राज्यले पनि विषेश ग्राहयता दिएका छन । राज्यको नीति अनुसारले नै नेपाल प्रहरीले पनि त्यसलाई विषेश प्राथमिकता दिएर हेरि रहेको हुन्छ । हाम्रो युनिटहरुमा  महिला वालवालिका तथा जेष्ठ नागरिकको छुट्टै युनिट खडा भई सेवा दिई रहे छन । महिला वालवालिकाको कर्तव्य ज्यान वा वल्तकारका केश भयो भने अर्काे शिर्षकबाट हेरिन्छ  ।

महिला बाल वालिकाकाे वढि केश कस्ताे हुन्छ कि  घरेलु हिन्सा, याेन दुर्व्यवहार , परिवारिक हिन्सा,शारीरिक मानसिक यातना दिने कार्य ।

याे कहाबाट भएको हुन्छ भने घरकाे श्रीमान ,सासू -ससुरा, यस्ता घटना कतिपय मुद्दामा जान्छ कतिपय मिलेर जानू पर्ने खालका घटनाहरुमा त्यही अनुसार गरिन्छ ।
तर अन्य मुद्वाकाे हकमा आफुले चाहे जस्तो प्रगति हुदैन ।
 महिला तथा वालवालिकाको मुद्वा छलफलमा बढि टुङ्गिने हुदा प्रगति बढि देखिएको छ ।
मिटर व्याजि बारे के बुझ्नु भएको छ । यसमा पनि  प्रगति भएको देखिएन किन ? 
राैतहटमा २०/२५ वर्ष पहिलेका केश पनि मिटर व्याजिका नाममा आएका छन   । वास्तविक पिडित पनि मिटर व्याजिमा आएका छन । कसैले एक जनाको सम्पत्ति लिएर पाच जनामा ट्रन्सफर गरि सकेका छन । मिटर व्याजिमा मुद्वा हालेर खेत खनजोत गर्न पाईन्छ कि हिसावले पनि मुद्वा आएका छन । यी सवै करालाई हेर्न आएको अनुचित लेनदेनकाे कानुनले  कतिपय पुराना मुद्दा संग मेल खादैन । मुद्वा दर्ता गर्दा पनि पक्राउ पुर्जी आई दिदैन ।यसको आलावा के गर्छाै भने मिलापत्र गराउने छलफल चलाउने । सहज केश छलफल को आधारमा टुगिएका छन ।जुन केस छलफलको आधारमा टुगिदैन केही केश नमिलेर प्रगति कम भएको हो ।
मिटर व्याजिमा काम गर्न सकिएन जस्तो लाग्दैन ? पन्द्र सय उजुरीमा पैंतालीस जनाको मात्र समाधान हुनु कम भएन ?
कम्तिमा पैंतालीस जनाले त न्याय पायो ।केही कानुनी समस्या होला केही व्यवहारीक समस्या होला । यति जनाले न्याय पाउनु कम चाहि होईन ।हामीले निरन्तर प्रयास गरेका छाै । मुद्वालाई प्राथमिकता निरधारण गरेका छाै । सहज मुद्वा,निवेदक र पिडित आएका मुद्वाहरुलाई छुट्यार छलफल गरि रहेका छाै ।
तपाईं राैतहट आउन साथ पत्रकार सम्मेलन गरेर तस्करी लगायत सिमानामा हुने अपराध ,जुवातास ,अबैध मदिरा भठ्ठी ताेडने लगायतका प्रतिवद्वता गर्नु भएको थियो । ती सबै विषयमा अझै प्रतिवद्व नै हुनु हुनछ कि कमपरमाईज गरेर काम भई रहेकि छ ? 

मैले परिचयात्मक कार्यक्रममा गरेको प्रतिवद्वता पूरा गरे कि गरेन सय दिने रिपोर्टले नै धेरै कुरा बताएको छ। तपाईले सुन्नु भएका जानकारी लिनु भएका जति कुरा छन  । त्यसबाट पनि अनुमान लगाउन सक्नु हुन्छ । मैले जुन जुन कुरा भने त्यो हिसावले आफुले बढि नै काम गरेको छु जस्तो लाग्दछ ।

आर्थिक प्रलोभनमा नपरेर कुनै दवावमा न परेर निश्पक्ष हिसावले कसैको सिफारिस दलाली वा पञ्चायती नगरिकन । पिडितले न्याय पओस । सेवा पाओस  भने जुन लक्ष्य लिएको थिए । त्यस अनुसार काम गरि रहेकाे छु । पहिले कति भिडभाड हुन्थे जिल्लामा विस्तारै भिडभाड घटदै छन ।कुनै व्यक्तिले न्याय न पाएको गुनासो गर्ने अवस्था छ जस्ताे मलाई लागदैन । मैले हरेक केशमा आफैले ईन्टरेस्ट लिएर सम्बोधन गरि रहेको छु । त्यसको आधारमा मेरो सय दिनलाई समीक्षा गर्ने हो भने बोलेको भन्दा बढि नै गरेको छु जस्तो लाग्द छ ।
तपाईं आउन  साथ राैतहटमा तस्करी राेकिए अब सरकार परिवर्तन सगै तस्करी खुलाउने भगिरथि प्रयास सुरु भएकोछ।अब तपाईं  तस्करी राेकन सक्नु हुन्छ ? 
सरकार जुनसुकै आएपनि गलत काम गलतै हो । भन्सार छलि चोरी तस्करी ,अपराध -अपराधै हो ।
सरकार परिवर्तन भयो । तस्करीका लाईन खुल्नु पर्छ मैले पनि सुनेको छु । यस्ता कुरा गरेर भ्रम सृजना गरेकाे छ । मैले त हिजोको भन्दा पनि झन कडाईका साथ जानू पर्ने हुन्छ । यहाँ बुझनु पर्ने कुरा के हो भने अपराध सधैं अपराध नै हो । त्यसैले जुनसुकै  सरकार आएपनि जुन पछिल्लो तीन महिनामा हेर्नू भयो त्यही कायम रहन्छ ।  सेटिङ्ग गर्ने तस्करी गर्ने काम
हुदैन ।  यसमा सरकार खाेल पनि भन्दैन बन्द गरपनि भन्दैन । यो त आफैमा आपराधको रुपमा व्याख्या भई सकेको विषयलाई कसैले पनि गर भन्दैन ।यसमा कसैले गलत मनसाय लिई न परोस भनि यसै मिडिया मार्पत सबैलाई अनुराेध पनि गर्न चाहन्छु  ।
तपाईं एक जनालाई अलग राखेर बाकि तस्करी लाईन मिलाएको छ ।  भने सेटिङ्ग भएकोमा के गर्नु हुन्छ ?
सधै भरी बन्दुक लिएर बोडरमा  तपाईको ड्युटी त हुदैन ? 
 जो चाैकी ईन्चार्ज भएर गएका छन । वहाहरुको आचारसंहिता बनाएका छाै । त्यो आचारसंहितामा सिगनेचर गराएर मात्र चाैकीका ईन्चार्ज दिन्छाै । र म आफै पनि नेपाल सरकारले राज्शव चुहावटमा दिएको कडा निर्देशन अनुसार उनिहरुलाई ब्रिफिङ्ग गरेर पठाएको छु । तैपनि यदाकदा  त्यस्तो गतिविधि भएको सुनियो भने म आफै वा डिएसपी साहेव पार्फत भेरिफाई गरेर समान पक्राउ गर्ने लगाएतका काम निरन्तर रुपमा  गरि नै रहेको छु ।चाैकी ईन्चार्जको संलग्नता देखिए प्रमाणको आधारमा  ठाउका ठाउ कार्वाही गर्ने । प्रमाण देखिएन चाेकी ईन्चार्ज  हेरफेर गर्ने गरेको छु । त्यस्तो किसिमको कुरा आए भने गराउने व्यक्तिलाई म छोडदा पनि छोडदैन । रे को आधारमा प्रहरी चल्दैन । पन्द्र वर्ष पहिलाको नेपाल प्रहरी र हलको नेपाल प्रहरीमा धेरै परिवर्तन भई सकेका छन । प्रहरीमा धेरै परिवर्तन भई सकेको छ । पहिलाको आंखाले होईन नयाँ आखाले नेपाल प्रहरीलाई हेर्न जरुरी छ ।जनतामा जुन प्रहरी प्रतिको धारणा छ त्यो परिवर्तन हुन अझै समय लाग्दछ ।

प्रहरी उपरीक्षक दिलिप घिमिरे