काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमति नजिक पुगेको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो ।
सत्ता पक्ष र प्रतिपक्षको नभईकन सिङ्गो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयसँग जोडेर जिम्मेवारी बोधका साथ सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुङ्गोमा पु¥याउनुपर्ने सबैको राय रहेको छ । लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने बताइएको छ ।
कानुनलाई अब चाँडो भन्दा चाँडो टुङ्ग्याइ यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी बैठक अघि बढेको बुझिएका् छ ।