Breaking News

पोखरामा स्कुल बस दुर्घटना एक जनाको मृत्यु २९ जना घाइते

१४ साउन, पोखरा । पोखराको मट्टीखान सडकखण्डको घुम्तीमा स्कुल बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक रहेको प्रहरीले जनाएको
छ ।

स्कुल बस दुर्घटनामा परेर २९ जना घाइते भएका छन् ।

आज बिहान एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।