Breaking News

कर्णाली करिडोरअन्तरर्गत सुर्खेत-जुम्ला सडक नाग्मामा पहिरो खसेका कारण अवरुद्ध

१३ साउन, काँक्रेविहार (सुर्खेत) । कर्णाली करिडोरअन्तरर्गत सुर्खेत-जुम्ला सडक अवरुद्ध भएको छ । कालीकोटको तिलागुफा नगरपालिका-१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

जुम्ला र कालीकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत ,जुम्ला , मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो । पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए ।

सडक खुलाउन भरमग्दुर भइरहेको उनले बताए ।