Breaking News

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउँदै

काडमाडौं । हिजो बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको शोकमा सरकारले आज राष्ट्रिय झण्डा आधा झुकाउँदै छ । हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मृत्यु भएका यात्रुको शोकमा झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।

हिजो बिहान ११ बजे पोखराका लागि उडेको सौर्य एयरको जहाज उड्नेवितिक्कै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो । विमानमा रहेका १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिषरत्न शाक्य घाइते अवस्थामा उद्धार गरिएका थिए । अहिले उनको उपचार जारी रहेको छ ।