Breaking News

चितवनको फिस्लिङमा माथिबाट पहिरो खस्दा मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध

मुग्लिन । मुग्लिन–काठमाडौं सडकखण्ड बर्खामा मात्र नभएर हिउदे समयमा पनि सुक्खा पहिरो लाग्ने गर्दछ । यो समस्या वषौंदेखि देखिदै आएको छ । तर सम्बन्धित निकाय अझै पनि समस्या समाधान गर्नुको साटो टालटुल मात्र गरेर बजेट सक्काउने काम गर्छ । तर त्यस क्षेत्रमा यात्रा गर्ने यात्रुहरुले धेरै जनाले ज्यान गुमाउनुका साथै सास्ती पनि बेहोरिरहेका
छन् । यसै क्रममा हिजोरातीबाट परेको बर्षाले चितवनको फिस्लिङमा माथिबाट पहिरो खस्दा मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ । आज बिहान पाँच बजेतिर लेदोसहितको पहिरो सो क्षेत्रमा खसेकाले दुईतर्फी कै यातायात बन्द भएका छन् ।

पहिरो पन्छाएर बाटो खुलाउन अझै केही घण्टा लाग्ने अनुमान छ । बाटो बन्द भएपछि सवारी साधनको लामै लाइन लाग्नुका साथै यात्रारत महानुभावले दुख पाइरहनु भएको छ ।