Breaking News

श्रीलंकामा आजदेखि एसिया कप महिला टी–२० क्रिकेट सुरु हुँदै

काठमाडौं । श्रीलंकामा आजदेखि एसिया कप महिला टी–२० क्रिकेट सुरु हुँदैछ । आज नेपालले समूह चरणको पहिलो खेल खेल्दैछ । श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोलीले युएईको सामना
गर्नेछ । खेल दिउँसो सवा २ बजे शुरु हुने तालिका छ । नेपालले ८ वर्षपछि एसिया कप महिला टी–२० खेल्न लागेको हो ।

जुलाई २८ सम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । ८ टीमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसहित भारत, पाकिस्तान र यूएई छन् । समूह ‘बी’मा थाइल्यान्ड, मलेसिया, श्रीलङ्का र बङ्गलादेश छन् ।

एसिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका दुई संस्करण खेलिसकेको नेपाल अहिलेसम्म जितविहीन
छ । सन् २०१२ र २०१६ मा भएको एसिया कपमा नेपालले सहभागिता जनाएको थियो ।