Breaking News

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना भएका छन् । पूर्वप्रधानमन्त्री चन्दलाई डेंगु सक्रमण देखिएपछि वीर अस्पताल भर्ना भएका हुन् ।

ज्वरो र जिउ गल्ने समस्या भएपछि चन्द बुधबार दिउँसो अस्पताल भर्ना भएक हुन् । चन्दको वीर अस्पतालको भीआईपी कक्षमा उपचार भइरहेको छ । पूर्वप्रधानमन्त्री चन्दलाई डा. मीनचन्द्र अधिकारी नेतृत्वको टोलीले चेकजाँच गरिरहेको छ ।