Breaking News

एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै

३० असार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुँने भएका छन् । ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।

असार २८ गते प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दा उनको पक्षमा बहुमत नआएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि २८ गते नै दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सोही दिन कांग्रेसको समर्थनमा ओलीले १६६ सांसदसहित दाबी पेस गरेका थिए ।

राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त आज गरे पनि शपथ भने भोलि सोमबार हुनेछ ।

ओली संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन लागेका छन् ।