Breaking News

बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्न रोक लगाउने तयारी

काठमाडौं । सरकारले रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ । आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आएको लेदोसहितको पहिरोले बगाएर दुईवटा बस त्रिशूलीमा वेपत्ता भएपछि गृह मन्त्रालयले बर्खाको समयमा रात्री बस सञ्चालन गर्न रोक लगाउने तयारी गरेको हो ।

त्यसका लागि यातायात व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गर्न लागिएको मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख एवम् सहसचिव डा।भीष्मकुमार भूसालले बताए ।

बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृह मन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल गर्न लागेको हो ।