Breaking News

कांग्रेस संसदीय दल बैठकले गरेका चार निर्णय

नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिनेन निर्णय गरेको छ।

शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले एमालेसँग राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमतिलाई स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

समीकरण फेरबदल भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्।

ुसंविधानको धारा ७६९२० बमोजिम केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेकाले प्रधानमन्त्रीले संसदमा राख्ने विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस हुँदा विपक्षमा मतदान गर्ने निर्णय गर्दछ,ु कांग्रेस संसदीय दल बैठकको निर्णयमा भनिएको छ।

बैठकले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा ९एमाले० का अध्यक्ष केपी ओली र दोस्रो पटक कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेगरी भएको सहमतिलाई कार्यान्वयन गर्ने दृढता पनि व्यक्त गरेको छ।

बैठकले कांग्रेस र एमालेबीच भएको उक्त सहमतिलाई राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि भनेको छ।

बैठकको चौथो निर्णय बाढी पहिरो र डुबानमा परेकालाई सहयोगको आह्वान हो। शुक्रबारदेखि देशका अधिकांश भूभागमा मध्यदेखि भारी र अतिभारीसम्म वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ।

कांग्रसले प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न सरकारसँग आग्रह गर्दै बाढी, पहिरो र डुबानका कारण समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्न सबै भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध कार्यकर्ताहरूलाई आग्रह गरेको छ।