Breaking News

एमाले नेतृत्वको कारण वाम आन्दोलन पतनको बाटोमा गयो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकाले आज काठमाडौँमा पार्टीको एक कार्यक्रममा बोल्दै क्रममा एमाले नेतृत्वको कारण वाम आन्दोलन पतनको  सम्मानित नेता झलनाथ खनालबाटोमा लागेको बताएका छन् । उनले तत्कालीन नेकपा हुँदा १० लाख पार्टी सदस्य रहेको, संघीय संसद्मा २ तिहाइ हाराहारी बहुमत पुगेको स्मरण गरे ।

देशका ७ वटा प्रदेश मध्ये ६ वटामा पूर्ण बहुमत सरकार रहेको र ७५३ वटा स्थानीय तह मध्ये ४ सय भन्दा बढीमा बहुमत रहेको बताए । देश वाममय बन्दै गइरहेको थियो । जब त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा हामीले जुन नेतालाई पठायौँ, उनी भष्मासुर भएर निस्किए ।’

केपी ओलीको नाम नलिई भने–‘एमाले नेतृत्वको भष्मासुर प्रवृत्तिका कारण वाम आन्दोलन पतनतिर लाग्यो । आफ्नो दलको २ तिहाइ भएको संसद्लाई विगठन गर्ने काम भयो, जसले गर्दा नेपालको राजनीतिलाई दक्षिणपन्थी भासतिर लैजाने, देशलाई कमजोर बनाउने र कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने काम भयो । जसले गर्दा कम्युनिस्ट आन्दोलन विभाजन र विखण्डनतिर लागेको छ ।’

त्यो गलत कुराको विरोध गर्दै आजभन्दा ३ वर्ष अगाडि विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरेको उल्लेख गरे । नेकपा एमालेले दक्षिणपन्थी अवसरवाद, यथास्थितिवादी राजनीति सुरु गरेपछि त्यसका विरुद्ध विद्रोह गरेको बताए ।

समाजवादी क्रान्तिमा रूपान्तरणका लागि अघि बढ्नुपर्नेमा एमालेको नेतृत्व जबजको सिद्धान्तको वरिपरि रहेर पुँजीवादी धरातलबाट बाहिर जाने अवस्था नदेखेको उल्लेख गरे । एमालेको नीति, कार्यशैली उल्टो ढंंगले अघि बढेपछि समाजवादी बाटोमा अघि बढ्न पार्टी स्थापना गरेको नेता खनालले बताए ।

दैनिक ३ हजार मानिस विदेश जाने अवस्था सिर्जना हुनु दुःखद हुनु बताए । २ तिहाइ बहुमतको तत्कालीन नेकपाको सरकारले केही गर्न नसकेको, अथाह सम्भावना हुँदा हुँदै पनि भूमिसुधार गर्न नसकेको, कृषि विकास रोजगारी सिर्जना गर्न नसकेको बताए । देशको पूर्वाधार विकास गर्न नसकेको, गरिबी उन्मूलन गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न पनि नसकेको उल्लेख गरे ।

सम्मानित नेता झलनाथ खनाल