Breaking News

युरो २०२४ कप जित्ने रोनाल्डोको सपना पूरा भएन फ्रान्ससँग पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित

काठमाडौँ । जारी युरो २०२४ को सेमिफाइनलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । भने पोर्चुगल उपाधि जित्ने सपनालाई थाती राख्दै घर फर्केको छ । सुपरस्टार खेलाडी तथा कप्तान रोनाल्डोका उपाधि जित्ने सपना समेत चकनाचुर भएको छ । उनले यो पटक जसरी भए पनि उपाधि हात पार्ने योजना बनाए पनि उनी सफल हुन सकेनन् ।

फ्रान्स पेनाल्टी सुटआउटमा ५–३ गोलले विजयी बन्यो ।

खेलको निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न सकेनन् । एम्बाप्पेलाई अतिरिक्त समयमा सब्सटिट्युट गरिएको थियो भने रोनाल्डोले पेनाल्टीलाई भने गोलमा परिणत गरे ।

अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले अतिरिक्त समयमा आयोजक जर्मनीलाई पाखा लगाउँदै अन्तिम चारमा पुगेको हो । मंगलबार हुने सेमिफाइनल खेल म्युनिखमा खेलिनेछ ।