Breaking News

कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमाले प्रवेश

काठमाडौँ । नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।  सप्तरी जिल्लाका देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।

कांग्रेस पूर्व केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रिसभा सदस्य बनेका थिए । देवसँगै लोसपाका उपाध्यक्ष तथा संविधानसभा सदस्य अकवाल अहमद साह पनि एमाले प्रवेश गरेका छन् ।