साँझ ५ बजे मन्त्रीपरिषद्को बैठक बस्दै

१७ जेठ, काठमाण्डौ । आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा शुक्रबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय पेस हुनेछ ।

आजको बैठकमा कोरोनाभाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले बताए ।

विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिले सिफारिस गरेको छ । साथै लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै मोडालिटी जारी गर्ने सरकारको तयारी छ ।

लकडाउनको अवधी यही जेठ २० गते सकिँदैछ ।