Breaking News

सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरुको छलफल

काठमाडौँ । प्रधानमन्त्री ‘प्रचण्ड’ले सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने बैठक बोलाएका छन् । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस र एमाले र माओवादीका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका
छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल हुने छ । शीर्ष नेतासँगै ती दलका प्रमुख सचेतकहरूलाई पनि बैठकमा बोलाइएको छ ।

प्रधानमन्त्रीले बोलाएको उक्त छलफलमा टीआरसी विधेयक लगायतका समसामयिक विषयमा कुराकानी हुने प्राप्त सूचना रहेको बुझिएको छ ।