Breaking News

एसईईमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूको मौका परीक्षा साउन १८ र १९ गते हुने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा केन्द्रले आज (एसईई) को रिजल्ट प्रकाशन गरेको छ । प्रकाशित रिजल्ट अनुसार आधाभन्दा बढी परीक्षार्थी फेल भएका छन । त्यसमा पनि धेरै जसो बिद्यार्थी गणीतमा फेल भएका छन् । आज प्रकाशित रिजल्टसँगै परीक्षा केन्द्रले ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने जनाएको छ । सार्वजनिक नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड) आएको छ ।

जसमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।

जसमा एक लाख १५ हजार ८३४ जनाले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।