Breaking News

नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई प्रधानमन्त्री प्रचण्डद्धारा गितार उपहार

काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

प्रधानमन्त्रीकै निम्तामा बालुवाटार पुगेका उनलाई प्रधानमन्त्रीले बधाई तथा शुभकामना दिएका थिए । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले परियारलाई गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख दुखमा आफू साथमै रहेको समेत बताएका थिए ।

शनिबार सम्पन्न नेपाल आइडलको सिजनको पाँचको ग्राण्ड फिनालेमा परियार विजेता बन्दै २५ लाख नगदसहित विभिन्न गिट्ट ह्याम्पर जितेका थिए ।