Breaking News

पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या

गण्डकी । पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो ।

अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कास्की प्रहरी स्रोतले बताएको छ । उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ भासिएको छ। सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको छ ।