दैलेखको दुल्लु क्वारेन्टाइनमा बस्दै आएका एक जना युवको मृत्यु

१७ जेठ, सुर्खेत । क्वारेन्टाइनमा बस्दै आएका एक जनको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा ति पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष रहेका छन् ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार उनको स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ । शनिबार साँँझसम्म उनको रिपोर्ट आउने डा. तिवारीले जानकारी दिए ।

नगरप्रमुख भण्डारीका अनुसार शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको हो । ‘चिया खाइसकेपछि हिँडिरहेका बेला एक्कासी ढल्नुभएछ, त्यसको १० मिनेटमै मृत्यु भएको हो ।