Breaking News

गायक शान भुषालको नयाँ गित ‘मायाको धुन’ सार्वजनिक

असार ७ , शुक्रबार । गायक शान भुषालको नयाँ गित मायाको धुन सार्वजनिक भएको छ । पार्टी लभरलक्षित यो गीतमा गायिका रितिका श्रेष्ठका शब्द रहेको छ भने संगीत गायक भुषालस्वयमको छ । गीतको उत्पादक अल्मोडा राना उप्रेतीको रहेको छ ।  गितमा प्रदिप लामा र केविका कार्कीको अभिनय रहेको छ ।

गायक भुषालकाअनुसार दोलालघाट र नगरकोटमा गीतको छायंकन गरिएको भिडियोको निर्देशन प्रदिपलामाले गर्नु भएको छ ।  अमेरिकाको डालस स्थित गुन्जन स्टुडियोमा गीतको रेकर्डिङ गरिएको हो । अर्धाखाँचीकागायक भुषाल हाल अमेरिकामा हुनुहुन्छ । गीतको मास्टरिङ मिक्सिङ भारतमा गरिएको हो ।करिब २ दशक शास्त्रीय संगीतमा साधनारत गायक भुषालका २ दर्जन बढी गीतहरु रेकर्ड भइसकेकाछन ।