Breaking News

सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु १७ जना घाइते

काठमाडौँ । भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस आज बिहान सर्लाहीको बागमती नगरपालिका स्थित रायमाझी चोकमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते छन् ।

भारतीय ट्रकलाई ओभरट्रयाक गर्न खोज्दा बस दुर्घटनामा परेको बताइएको छ ।