Breaking News

नेपाल आयाल निगम र पेट्रोलियम चालकहरूबीच सहमति

नेपाल आयाल निगम र पेट्रोलियम चालकहरूबीच सहमति भएको छ।
सहमति भएसँगै आजैबाट पेट्रोल पम्पहरू खुल्नेका छन् ।

 

शनिबारदेखि ट्यांकर चालकहरूले सम्पूर्ण ट्यांकर चालकरसहचालक मजदुरहरूलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनुपर्ने लगायतका सात बुँदे माग राखेर आन्दोलन गरिरहेका थिए।

उक्त आन्दोलनलाई लिएर सोमबार दुई पक्षबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको थियो।