Breaking News

काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अचानक अभाव सृजना भएसँगै पेट्रोल पम्पहरुमा सवारीनको लामो लाइन

३ असार, काठमाडौं । पेट्रोलियम पदार्थको अचानक अभाव सृजना उत्पन्न भएसँगै काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा सवारीनको लामो लाइन लागेको छ ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका छन् ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले पेट्रोलियम मजदुरहरुले विभिन्न माग राखी आपूर्ति रोक्दा पम्पहरुमा इन्धन अभाव बताएका छन् ।

अधिकांश निजी पम्पमा ‘पेट्रोल छैन’ लेखिएको सूचना टाँस गरिएको छ । खुलेका केही पेट्रोल पम्पहरुमा भने लामो समय पालो पर्खनुपर्ने बाध्यता छ । गर्मीको बेला लामो समयसम्म लाइनमा बस्नुपर्दा सवारी चालकहरु हैरान छन् ।

पेट्रोलियम मजदुरहरुले सबै ट्यांकर चालकरसहचालकको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसार तलबको व्यवस्था गर्न माग गरेका छन् ।

स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न तथा चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने माग समेत उनीहरुले राखेका छन् ।