Breaking News

सुन १ लाख ४२ हजार आठ सय मा किनबेच

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन अस्ति शुक्रबार तोलामा रु. १ लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु १ लाख ४२ हजार आठ सय निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार प्रतितोला रु १ लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु १ लाख ४२ हजार एक सय निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज पनि प्रतितोला रु १ हजार आठ सयमा कारोबार भएको छ ।