Breaking News

काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन

काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरेको छ।

मौसविद मीनकुमार अर्यालका अनुसार आजको अधिकतम तापक्रम यो वर्षकै सबैभन्दा बढी हो।

जेठ १७ गते काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो।

काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम २०४६ वैशाख २५ गते ३६.६ डिग्री सेल्सियस मापन भएको थियो।

पूर्वी भूभागसम्म आएको मनसुन नफैलिएका कारण काठमाडौं लगायत पश्चिमी भूभागहरूमा तापक्रम बढेको अर्यालले बताए।

शनिबार लुम्बिनी र सुदूरपश्चिमका तराईका थुप्रै भूभागहरूमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ।

दिपायलमा ४२ डिग्री सेल्सियस, वीरेन्द्रनगरमा ४०.६ डिग्री सेल्सियस, धनगढीमा ४२.७ डिग्री सेल्सियस, नेपालगन्जमा ४२.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ।

तापक्रम ४० भन्दा बढी रहेका पश्चिम तराईका भूभागहरुमा मौसम पूर्वानुमान महाशाखाले तातो हावाको चेतावनी दिएको छ।

यी स्थानहरूमा भोलि पनि तापक्रम उच्च नै रहने मौसमविद अर्यालले बताए। काठमाडौंमा भने भोलिदेखि तापक्रम केही घट्न सक्ने उनले बताए।

‘काठमाडौंमा भोलिदेखि बादलहरू आउने र तापक्रम केही घट्ने सम्भावना छ,