Breaking News

कार दुर्घटना तीन जनाको मृत्यु दुई जना घाइते

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ स्थित नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

रूपन्देही र पाल्पाको सिमानामा पर्ने ऐतिहासिक क्षेत्र नुवाकोट घुमेर फर्किने क्रममा हिजो बुधबार साँझ करिब साढे ८ बजेतिर कार दुर्घटनामा परेको थियो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार नुवाकोटबाट बुटवल झर्दै गरेको लु २ च ८५३१ नम्बरको कार भ्यू पोइन्ट नजिकै सडकबाट झन्डै १ सय मिटर तल खसेको थियो।

दुर्घटनामा परी बुटवल वडा नम्बर १० का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा वडा नम्बर ३ की ६७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठ रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा बुधबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी २ बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल ११ होराइजन चोककी लक्ष्मिता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।