Breaking News

केन्द्रीय तहका नेताहरु तलबाट चुनिनुपर्दा हार्ने डरले अघिल्लो निर्णय फेर्‍यो एकीकृत समाजवादीले

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको महाधिवेशनका लागि केन्द्रीय नेताहरू तलैबाटै प्रतिनिधि चुनिएर आउनुपर्ने यसअघिको केन्द्रीय परिषद् बैठकको निर्णयलाई परिवर्तन गर्न प्रस्ताव गर्ने भएको छ ।

आज बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकायका नेता स्वतः प्रतिनिधि हुनेगरी प्रस्ताव गर्ने निर्णय गरेको छ।

‘व्यवहारिक रूपमा व्यवस्थापनका समस्याहरूलाई समेत मध्यनजर गरी आयोजक केन्द्रीय कमिटी सदस्यहरू प्रतिनिधि बन्ने परम्परा विधिगत मान्यता र कार्यकर्ताको सुझावलाई दृष्टिगत गरी पार्टी यो निर्णयमा पुगेका छ । प्रस्ताव पारित भए तीनवटा केन्द्रीय आयोगका सदस्यहरू पनि स्वतः प्रतिनिधि हुनेछन् ।

जसमा आम कार्यकर्ता १२५ बराबर १ जना प्रतिनिधि चुनिनेछन् । त्यसमा दलित, युवा महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ। केन्द्रीय तहका नेताहरु तलबाट चुनिनुपर्दा हार्ने डरले अघिल्लो निर्णयबाट नेताहरू पछि हटेर यस्तो निर्ण गरिएको बुझिएको छ । त्यसमा पनि तलबाट पनि निकै दबाब आयो भनियो तर शीर्ष नेताहरू नै हार्ने भएपछि यो प्रस्ताव नेताहरूले गरेका हुन् ।’

एकीकृत समाजवादीको दसौँ महाधिवेशन आगामी असार १६ देखि २० मा काठमाडौँमा हुँदैछ ।