Breaking News

जसपा नेपालको जारी महाधिवेशनबाट अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उपेन्द्र पुनः अध्यक्ष चयन भएका हुन् । उनी पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका छन् ।

अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध भइसकेपनि औपचारिक घोषणा हुन बाँकी रहेको जसपा नेता मनिष सुमनले बताए । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवारी परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।

मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको छ ।