Breaking News

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ।

अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहादेखि सुरू भएको ७:४५ मा भने रोकिए पनि सवा आठ बजेदेखि फेरि वर्षा भएको थियो।

मैदानको आउटफिल्डमा पानी जमेको थियो। मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको थियो।

यससँगै नेपाल र श्रीलंकाले एक-एक अंक पाएका छन्। लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको संघारमा पुगेको छ। अब नेपालले सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ। दुवै टिमलाई हराए मात्र नेपाल सुपर-८ मा पुग्नेछ।

खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोडिडा आइपुगेका हजारौं दर्शकका लागि पनि मौसमले खिन्न बनाएको छ।