Breaking News

नेपाल यमनसँग बराबरी खेल्न बाध्य

काठमाडौँ । इन्जुरी समयमा गोल खाएपछि नेपाल यमनसँग बराबरी खेल्न बाध्य भएको छ । फिफा विश्वकप फुटबल २०२६ छनोट खेलमा मंगलबार राति भएको खेल २–२ को बराबरीमा सकिएको हो ।

साउदी अरबमा खेलिएको खेलमा नेपाल सुरुवातमा नै पछि परेको थियो । नवौँ मिनेटमा पेनाल्टीमार्फत नासेर अल–घवासीले यमनलाई अग्रता दिलाएका थिए । तर, २२ औँ मिनेटमा सञ्जिव विष्टले नेपालका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको ६६ औँ मिनेटमा गिलेस्पी जंग कार्कीले नेपालाई अग्रता दिलाए । तर, ९१ औँ मिनेटमा मोहम्मद अल दाहीले गोल फर्काएपछि नेपाल बराबरी खेल्न बाध्य बन्यो ।