१६ जेठ, काठमाण्डौ । नेपालमा कोरोना लकडाउन जारी रहेको बेला बिभिन्न घटनाहरु घट्दै गएका छन् । यसकै पछिल्लो घटना हो डडेल्धुरामा कर्मचारीले नै वडाअध्यक्षमाथि हातपात गरेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–१० का वडाध्यक्ष विष्णु भट्टमाथि हातपात भएको हो ।
बुडाली घर भएका र हाल घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले मदिरा खाएर वडाध्यक्ष भट्टमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।
भारतबाट आएका व्यक्तिहरूलाई रेडक्रसको भवनमा क्वारेन्टाइनको व्यवस्था मिलाइरहेको समयमा वडाअध्यक्ष भट्टमाथि हातपात भएको हो ।
भारतबाट आएका ७२ जना बस्ने ठाउँ नभएर बाहिर बसिरहेपछि रेडक्रसको भवनमा क्वारेन्टाइन व्यवस्थापन गरिरहेको समयमा मदिरा सेवन गरि आएका ऐरले गालीगलौचसहित हातपात गरेको वडाअध्यक्ष भट्टले जानकारी दिएका छन् ।