Breaking News

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न प्रदेश सभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न गत शुक्रबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए।

सर्वोच्च अदालतको परमादेश अनुसार जेठ १६ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।