Breaking News

आइसीसी टी–२० विश्वकप खेल्न वेस्टइन्डिज पुगे सन्दीप लामिछाने

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्टइन्डिज पुगेका छन् । वेस्टइन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता हुने भएको छ ।

क्यानले उनलाई वेष्टइण्डिजमा हुने खेलमा समावेश गरेसँगै सोमबार उनी वैकल्पिक बाटोबाट वेस्टइन्डिज पुगेको क्यान स्रोतको भनाइ छ । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीप वैकल्पिक बाटोबाट वेस्टइन्डिज गएका हुन् ।

सन्दीपलाई नेपालको स्क्वाडमा समावेश गर्न आइसीसीले अनुमति दिएको छ । नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग अमेरिकाको फ्लोरिडामा खेल्नेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ । वेस्टइन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने तालिका छ ।