प्रधानमन्त्री प्रचण्ड मोदीको शपथ ग्रहण समारोहमा भाग लिन आज नयाँदिल्ली जाँदै त्यस अवसरमा भारतीय सरकारले प्रधानमन्त्री मोदीको शवथ ग्रहण लक्षित गरी भारतभर सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुलाई पनि मोदीको शपथ ग्रहण समारोहमा निम्तो दिइएको छ ।
नेपालका प्रधानमन्त्री प्रचण्ड पनि शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाँदैछन् ।
श्रीलंका, मालदिभ्स, बंगलादेश, मोरिसस, भुटान लगायतका देशका सरकार तथा राष्ट्रप्रमु्खहरु पनि मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।