Breaking News

जलजला-२ दह जिसी दम्पती हत्या घटनाका अपराधि सार्वजनिक

बैशाख २०, पर्वत। पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दह जिसी दम्पती हत्या घटनाका आरोपीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले घटना भएको २९ दिनपछि आज एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले आज पत्रकार सम्मेलन गरि घटनामा संलग्न आरोपीलाई सार्वजनिक गरेको हो । प्रहरीले एक महिनाको लामो अनुसन्धान पछि हत्यामा संलग्न दुई युवालाई पक्राउ गरेको थियो ।

गएको चैत १९ गते राति १०ः३० बजे मल्लाज दह निवासी ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी ६७ वर्षीय श्रीमती गमला जिसीको घरमा गई बाहिरबाट बोलाएर चुरोट किन्ने बहानामा ढोका खोल्न लगाई चुरोट खाई सकेपछि सुरुमा अभियुक्त कृष्णबहादुर विकले सुर्यबहादुर जिसीको टाउँमा दाउराको चिरपटले हानेर वेहोस बनाएका थिए । त्यसपछि श्रीमानलाई बचाउन आउन खोजेकी श्रीमती गमला जिसीलाई अर्का अभियुक्त दिपक दर्जीले साथमा लिएको हसियाले घाँटी रेटेर र लाडीले टाउँकोमा हानेर निर्मम तरिकाले बीभत्स हत्या गरेको कुरा अभियुक्तले बयानमा बताएको कुरा प्रहरीले पत्रकार सम्मेलनमा बतायो ।

जिसी दम्पती हत्या घटना प्रहरीले एक महिनाको लामो अनुसन्धानपछि जलजला २ मल्लाज निवासी कृष्ण बिक र दिपक परियारलाई पक्राउ गरी अनुसन्धान पश्चात हत्यारा पत्ता लगाएर सार्वजनिक गरिएको प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले पत्रकार सम्मेलनमा जानकारी दिए। उनका अनुसार आरोपीले हत्या आफुहरुले नै गरेको स्वीकार समेत गरेको बताए । पक्राउ परेकालाई अदालत बाट म्याद थपेर थप अनुसन्धान गरिने प्रहरीले बतायो ।

सो घटना जिल्ला प्रहरी कार्यालय पर्वत, म्याग्दी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अनुसन्धान गरेको थियो । दम्पति हत्या भएपछि केन्द्रिय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालय, पर्वत प्रहरी कार्यालय र म्याग्दी प्रहरी कार्यालयको संयुक्त फोर्सले मिसन ‘लालि गुराँस’ नामको अनुसन्धान अप्रेसन चलाएको थियो ।

हत्यामा संग्लन्न फरार भएका अभियुक्तलाई पत्ता लगाउन प्रहरीलाई ज्यादै कठिन भएको थियो यद्यपि प्रहरी टोलीले हत्यामा सग्लन्न २ जना आरोपीलाई पक्राउ गर्न सफल हुँदै आज सार्वजनिक समेत गरेको छ।

दम्पति हत्या घटनामा सग्लन्न पर्वत जिल्ला जलजला गाउँपालिका वडा न २ नेपाने वस्ने ३२ बर्षी कृष्णबहादुर विश्वकर्मा र पर्वत जिल्ला कुश्मा नगरपालिका वडा न २ खुर्कोट घर भई जलजला गाउँपालिका वडा न २ बौरमा बस्ने दिपक दर्जीलाई प्रहरीले सार्वजनिक गरेको हो । तर अभियुक्त दर्जी हाल पाखरा स्थित नयाँ बजारमा डेरा गरी बस्ने गरेका थिए ।

हत्या अभियुक्त कृष्ण्णबहादुर विक र दीपक दर्जीको चिनजाँन ६ महिना अघि भएको बुझिएकोे छ । उनीहरु चिनजाँन जीप चलाउने क्रममा भएको हो।

चैत १८ गते दुबैजना अभियुक्त जलजला २ बौरमा भेट गरी बेनी बौर जोड्ने झुलुङ्गे पुल तरेर बेनी बसपार्क नजिकको पसलबाट रक्सी, चाउचाउ र चटपट किनी पुन बौर हुँदै कालीगण्डकी नदीको किनारमा बसी खाएका थिए ।

त्यसपछि ति अभियुक्तहरु कालीगण्डकी किनारै किनार तिलकिनीमा आएर दिनभरी माछा मार्नतिर लागे तर माछा मार्न नसकेपछि उनीहरु अभियुक्त कृष्ण बिकको घर नेपाउनेमा गएर साँझ ८ बजेसम्म सुतेका थिए । त्यसपछि उनीहरु ८ः ३० मा घटनास्थल दहतिर लागेका थिए तर घटना भएको घर नजिकै आगलागी भएको ठाउँमा मृतक जिसीलाई समेत आगो निभाउन देखेपछि उनीहरु जंगलतिर पसेर लुकेर बसे पछि आधा घन्टा पछि आगो निभाएर मृतक जिसी र अन्य आफन्त घरतिर लागेपछि उनीहरु पनि सबै घरघरमा सुतेको र जिसी परिवार पनि सुत्न लागेको मौका छोपेर दुबै जना मृतक जिसी को घरमा पुगेर यस्तो खालको घटना घटाएका थिए ।

अभियुक्तहरुले दम्पति हत्या गरेर लुटेर लगेको सुनलाई खरिद तथा तथा सुन गाल्नमा सग्लन्न हुने थप २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पत्रकार सम्मेलनमा बताए अनुसार पर्वत जिल्ला जलजला गाउँपालिका वडा न १ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा न २५ हेम्जामा डेरा गरेर बस्ने बर्ष ६० का कर्णबहादुर विक लुटपाट भएको सुन गालेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा न ७ घर भइ वागलुङकै वडा न २ लोकतान्त्रिक चोकमा रहेको पूर्णिमा सुनचाँदी पसलका सञ्चालक परशुराम विकलाई सुन खरिद गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।

हत्या कसरी भएकोे थियो त ?

चैत १८ गते उनीहरु जलजला गाउँपालिका बौरमा भेट गरी पारीपट्टी बेनी बसपार्क नजिकको पसलबाट रक्सी, चाउचाउ र चटपट किनी पुनः बौर हुँदै कालीगण्डकी नदीको किनारमा बसी खाएका थिए ।

दिउँसो करिब ४ बजे तिर स्थानीय राममन्दिर हुँदै उनीहरु मृतक सूर्यबहादुर घर्ति र गमला घर्तिको पसल भएको घरमा पुगेका थिए । त्यहाँ पुगेका उनीहरुले करिब आधा घण्टा घर्ति दम्पत्तिसंग विभिन्न विषयमा कुरा गरेको अनुसन्धानबाट खुलेको छ ।

उक्त समय देखि नै उनीहरुले लुटपाट गर्ने उद्देश्य बनाएको र मृतकले लगाएको गरगहना तथा घरको अवस्थाको बाहेमा उनीहरुले रेकी गरेको प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालले बताए ।

सोहि दिन उनीहरु बेलुका ५:३० बजेको समयमा आरोपी कृष्ण विकको नेपानेस्थित घरमा गएर सुतेका थिए । अनुसन्धान अधिकृतहरुका अनुसार चैत १९ गते ओरापी दुवै जनाले कृष्ण विकको घरमा खाना खाएर हँसिया, माछा मार्ने बल्छी र आफ्ना कपडा समेत लिएर कालीगण्डकी नदी किनारमा गएका थिए ।

दिन भर नदी किनारमा माछा मार्न बसेका उनीहरुले माछा जालमा नपरेपछि करिब ४ बजे तिर स्थानीय तिल्किनी स्थित बजारबाट रक्सी, चुरोट चाउचाउ किनेर नदी किनारको घुमाउने तालको पुल हुँदै दह तर्फ उकालो चढेका थिए । दह तर्फबाट उकालो लागेका उनीहरु बेलुका ८ बजेसम्म स्थानीय जंगलमा गाँजा, रक्सी र चाउचाउ खाएका थिए ।

योजना बमोजीम ८:३० बजे नै उनीहरुले लुटपाटको योजना बनाएर मृतकको घर आउँदै गर्दा जंगलमा आगो निभाउन मृतक सूर्यबहादुर जिसी लगाएतका स्थानीयलाई देखेपछि उनीहरु पुनः जंगलमा नै गएर लुकेर बसेका थिए ।

जंगलमा लागेको आगो निभाउने मानिस गए पछि रातको करिब १० बजे उनीहरु मृतकको घरमा गएको अनुसन्धानले देखाएको छ । पसल समेत रहेको घरमा गएर आरोपी कृष्ण विकले चुरोट किन्ने बहानामा ‘हजुरबुवा म कृष्ण हो,’ मलाई चुरोट दिनुहोस् भन्दै बोलाएका थिए ।

विकसंगै गएका दिपक दर्जीले चुरोट वापतको ७० रुपैंया समेत मृतक जिसीलाई दिएको अनुसन्धानबाट पुष्टि भएको छ । चुरोट दिएपछि मृतक सूर्यबहादुरले बाहिरको बत्ती किन बलेन भनेर टाउको बाहिर निकाल्दा कृष्णले आफूसंगै रहेको लाठी टाउकोमा प्रहार गरेका थिए । घर बाहिरकोे बत्तिको ब्लब भने विक र दर्जीले यस अघि नै निकालेका फालेका थिए ।

मृतक सूर्यबहादुरको टाउकोमा चोट प्रहार पछि हार गुहार गर्दा उनकी श्रीमती गमला जिसी घरबाट निस्कन खोजेकी थिइन् । सोहि बेलामा हत्यामा सग्लन्न दिपक दर्जीले लात्ताले बाहिरबाट मुल ढोकामा हानेर भित्र गई मृतक घर्तिलाई लात्ता तथा काठको लाठीले टाउकोमा प्रहार गरी हँसियाले घाँटी रेटी हत्या गरेका थिए ।

श्रीमतीको हत्या पछि उनीहरुले आफूसंगै लगेको सोहि हतियार टाउँको तथा घाँटीमा प्रहार गरी सूर्यबहादुरको समेत हत्या गरेका थिए । हत्या गरेपछि सुन तथा नगद लुटपाट गरेका उनीहरु घर भन्दा माथिको मोटरबाटो हुँदै भाग्न खोजेका थिए, तर जंगलमा आगो निभाउने मान्छेहरु देखेपछि पुनः मृतको घर हुँदै राम मन्दिर झरी पर्वत पट्टीको बाटो प्रयोग गरी मालढुंगा पुगेका थिए । मालुढुंगाबाट बस चढेका उनीहरु पोखरा पुगेर लुटपाट भएको सुन र नगद बाँडफाँड गरेका थिए ।

हत्या भएको भोलीपल्ट विहान थाहा पाए पछि प्रहरीको अनुसन्धान टोली त्यस तर्फ गएको थियो । अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकर समेतको प्रयोग गरे पनि हत्यारा भने पत्ता लागेका थिएनन् । प्रहरीले १ महिनाको लामो अनुसन्धान पछि आरोपीहरुलाई पक्राउ गरेको छ । आरोपीहरुले लुटपाट भएको सुन पोखरा स्थित कर्णबहादु विकलाई गाल्न दिएका थिए । गालेको सुन भने उनीहरुले बागलुङ बजारमा रहेको पूर्णिमा सुनचाँदी पसलमा परशुराम विकलाई बिक्री गरेका थिए ।

हत्या योजना यसरी भएको थियो

लेखक : कृष्णबहादुर कार्की