Breaking News

मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त

मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त भएका छन्।

प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन्।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

मेरिटोक्रेसीका आधारमा उपकुलपति नियुक्त गरिएको उनको भनाइ छ।